सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाबाट पनि तीव्र गतीमा फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा भेटियो

२०७८ जेठ १६, ०८:४५ खबर संवाददाता

काठमाडौं: हावाबाट पनि तीव्र गतीमा फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा भेटिएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।

भारत र बेलायतमा फेला परेको कोरोना भाइरसको मिश्रणयुक्त, हावाबाट पनि तीव्र गतीमा फैलिने खालको यो नयाँ भेरियन्ट अत्यन्त खतरनाक रहेको भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले बताएका हुन्। सन् २०१९ को डिसेम्बरमा कोभिड १९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिनामा यसका परिवर्तित रुपहरु फेला परेका थिए।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म पुस्टि गरेका चारवटा भेरियन्ट (भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिल)मध्ये बेलायत र भारतीय भेरियन्ट बढी खतरनाक रहेको वैज्ञानिकहरुले बताएका छन्। बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्ट हावाबाटै फैलिने भएकाले बढी जोखिमपूर्ण रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस