सुदूर नेपाललाई विश्वसँग जोड्दै

“म बाच्छु अनि बचाउ छु अभियान”द्धारा राहत वितरण

२०७८ जेठ १५, ०८:२९ खबर संवाददाता

धनगढी: “म बाच्छु अनि बचाउ छु अभियान” ले धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोल र वसन्त टोलका विपन्न परिवारलाई राहत वितरण गरेको छ।

अभियानले २५ किलोग्राम चामल, ३ किलोग्राम दाल, ३ पोका तेल,२ किलोग्राम तरकारी, १ नुन सहितका केही राहत सामग्रीहरु वितरण गरेको हो।

राहात वितरणमा आर्थिक सहयोग आसीयूएन संस्थाले गरेको “म बाच्छु अनि बचाउ छु अभियान” का अभियान्ता सुरज खड्काले बताए। धनगढी उपमहानगरपालिका रहेका विपन्न परिवारलाइ राहत वितरण गरि रहेको र सबैले अभियानमा जोडिन पनि उनले आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस