सुदूर नेपाललाई विश्वसँग जोड्दै

चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १५, ०६:५५ रासस

काठमान्डौँ: सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन्। 

साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताए। 

आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए। 

त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ।

कमेन्ट लोड गर्नुस