सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्त नगरपालिकाद्वारा खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग

२०७८ जेठ १५, १२:५९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेको छ।

कोरोना संक्रमणको जोखिम झन-झन बढेका कारण नगरवासीहरूलाई यथाशीघ्र खोप लगाउनुपर्ने भन्दै नगरपालिकाले खोप उपलब्ध गराउन संघीय सरकारसँग माग गरेको छ। 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र  पठाउँदै खोप उपलब्ध गराउन वा खरिदका लागि आवश्यक अनुमति दिन अनुरोध गरेका छन्।

‘कोभिड–१९ विरुद्धको भ्याक्सिन नगरवासीहरूका लागि यथाशीघ्र उपलब्ध गराउनुपर्ने भएकोले नगरवासीहरूको जीवन रक्षाका लागि नेपाल सरकारले निर्धारण गरेको मूल्य र मापदण्डअनुसार कोरोना भाइरस विरुद्धको भ्याक्सिन उपलब्ध गराइदिन हुन वा भ्याक्सिन खरिदका लागि आवश्यक अनुमति प्रदान गरिदिन अनुरोध गर्दछौं,’ पत्रमा उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस