सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

२०७८ जेठ १४, ०९:०७ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले बिहिबार धनगढी उपमहानगरपालिका १७ का २१ वर्षीय सुरेश चौधरी र वडा नम्बर १५ का १८ वर्षीय राधाकृष्ण चौधरीलाई चोरीको मोटरसाइकल चलाई रहेको अवस्थामा पक्राउ गरेको हो।

गत आइतबार जिल्लाको भजनी नगरपालिका ३ पडरियाका प्रेमराज जैशीको बराण्डामा पार्किङ गरी राखेको से ७ प ३२१६ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको थियो। 

उनले ईलाका प्रहरी कार्यालयमा मोटर साइकलको खोजतलासका लागि निवेदन पेश गरेका थिए। खोजतलासकै क्रममा धनगढी उपमहानगरपलिका ७ देबरीयामा उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरू विरूद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गर्न अनुमती मागी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
 

कमेन्ट लोड गर्नुस