सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छली ल्याइएका १ लाख ४७ हजार बढीको सामान बरामद

२०७८ जेठ १४, ०५:१५ खबर संवाददाता

धनगढीः कञ्चरपुरमा भन्सार छली ल्याइएका सामान बरामद गरिएको छ। 

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर  ४ र ७ स्थित भारतबाट भन्सार चोरी छली ल्याइएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय र मातहताट खटीएको टोलीले भन्सार चोरी छली ल्याइएका मलखाद, सुर्ती र नम्बर प्लेट नभएका २थान मोटरसइकल बराद गरेको हो। 

१लाख ४७ हजार ५ सय मुल्य बराबरको सामान र मोटरसाइकल बेवारीसे अवस्थामा फेला पारि बरामद गरेको जिल्ला प्रहरी कायालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।

बरामद गरिएको उक्त सामग्रि आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार पठाइएको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस