सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट १० जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ १४, ०६:१२ रासस

मोरङ: मोरङ जिल्लामा कोरोना सङ्क्रमबाट  आज एकैदिन १० जनाको निधन भएको छ। विभिन्न चार अस्पतालमा छ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई  जना रहेका छन्।
 

कमेन्ट लोड गर्नुस