सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक साता थपियो निषेधाज्ञा

२०७८ जेठ १३, ०७:३८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा निषेधाज्ञा एक साता थपिएको छ। स्थानीय प्रशासनले फेरी पाँचौ पटक निषेधाज्ञा थप गरिएको हो। 

कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बिहिवार बसेको बैठकले जेठ १५ गते राति १२ बजे देखी जेठ २२ गते राति १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए।

विस्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोले बताए।

फलफुल लगायतका तरकारीका, खाद्यवस्तु पसल व्यावसायका लागि सम्बन्धित स्थानीय तह तथा उधोग बाणिज्य संघको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी हरेका आईतवार र बुधवार बिहान ६ बजेदेखी ९ बजेसम्म सञ्चालन हुँदै आएका छन्।

खाद्यका पसल तथा व्यावसायका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी हरेका आईतवार र बुधवार बिहान ६ बजे देखी ९ बजे सम्म संचाल गर्न सकिने भएको छ। विवाह व्रतबन्धको हकमा बढीमा १० जना सहभागी भई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी समबन्धित क बर्गको ईलाका प्रहरी कार्यालयबाट अनुमती तथा पास जारी गर्ने, र होटेल तथा पाटि प्यालेसको प्रयोग गर्न नपाईने भएको छ। 


 

कमेन्ट लोड गर्नुस