सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री आलेद्वारा मल्लको निधनप्रति दुःख व्यक्त

। फोटो स्रोत ।
२०७८ जेठ १३, ०४:३० रासस

काठमाडौं: वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहिलो  प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

उनले आज शोक विज्ञप्तिमार्फत पूर्वप्रदेश प्रमुख, समाजसेवी एवं बौद्धिक व्यक्ति मल्लको असामयिक निधनको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गरेका छन्।

मन्त्री आलेले मल्लप्रति श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा आफ्नातर्फबाट समवेदनासमेत प्रकट गरेका छन्। पूर्वप्रदेश प्रमुख मल्लको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो। 

पहिले राप्रपाको राजनीति गरेका मल्ल विसं २०७० को दोस्रो संविधानसभाअघि नेपाली कांग्रेस पार्टी प्रवेश गरेका थिए। विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त हुनुभएका मल्लका एक छोरा र एक छोरी छिन्।

कमेन्ट लोड गर्नुस