सुदूर नेपाललाई विश्वसँग जोड्दै

योगेश भट्टराई नेपाल समूहका नेताहरूसँग मिले

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ १२, ०६:२७ खबर संवाददाता

काठमाडौँ: नेकपा एमालेका सचिव योगेश भट्टराई नेपाल समूहका नेताहरूसँग मिलेका छन्।

बुधबार वरिष्ठ नेता माधवकुमार नेपाल समुहका नेताहरुसँग मिलेर उनले वक्तव्य निकालेका हुन्। 

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने नेपाल समूहको निर्णयमा भट्टराईले असहमति जनाएका थिए।

झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना स्थायी कमिटी सदस्यले ओलीविरुद्ध निर्णायक संघर्षमा लाग्न अपिल गरेका छन्।

कमेन्ट लोड गर्नुस