सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कोभिड विशेष नर्स समूह’ गठन : सङ्क्रमितलाई परामर्श सुरु

२०७८ जेठ १२, ०७:०० रासस

कर्णालीः कोभिड १९ को महामारीविरुद्ध स्वास्थ्य संस्थामा अग्रपङ्क्तिमा खटिने नर्सले स्वयंसेवी अभियानमार्फत सङ्क्रमित  तथा परिवारका लागि निः शुल्क परामर्श सेवा सुरुआत गरेका छन्।

नर्सिङ काउन्सिलबाट इजाजतप्राप्त उनीहरूले ‘कोभिड विशेष नर्स समूह’ गठन गरी सातै  प्रदेशमा टेलिफोन, अनलाइन लगायतका माध्यमबाट कोभिड १९ का बारेमा निशुल्क परामर्श सेवा सुरु गरेका हुन्। 

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ। समूहका कर्णाली प्रदेश संयोजक नर्स मोना दाहालले कोभिड १९ सङ्क्रमित  तथा परिवारका लागि सबैभन्दा पहिला उचित परामर्श जरुरी रहेको बताइन्। 

कर्णालीबाट हालसम्म ४५ भन्दा बढी नागरिकले परामर्श सेवा लिइसकेका छन्। “लाइसेन्सप्राप्त इच्छुक नर्सलाई यो स्वयंसेवी अभियानमा जोडिन आह्वान गरेका छौं, अहिलेसम्म १००  नर्स अभियानमा आवद्ध भइसकेका छौं,” उनले भनिन्, “कर्णालीका १०  जिल्लामा रहेका इच्छुक नर्सहरूले अभियानमा आवद्ध हुन आवेदन दिनुभएको छ।”

समूहसँग हाल परामर्शकर्ता, संयोजक र तथ्याङ्क सहजकर्ता छन्। कोभिड अनलाइन कक्षा, टेलिफोनबाट बिरामी तथा उनीहरूका आफन्तले निर्धक्क आफ्ना समस्या राख्न सक्नेछन्। 
 

कमेन्ट लोड गर्नुस