सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मिड सिटी ग्रुपद्वारा स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

२०७८ जेठ ११, ०९:५४ खबर संवाददाता

धनगढीः धनगढी मिड(सिटी ग्रुपले स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

ग्रुपले अग्रपङ्तीमा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई कोरोना रोकथामका लागि उपयोगी सामग्रीहरू वितरण गरेको हो। 

अग्रपङ्तीमा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीहरूको मनोबल उच्च पार्न मास्क, सेनिटाइजर, ग्लोब्स र पानी लगायतका सामानहरू वितरण गरिएको धनगढी मिड(सिटी ग्रुपका अध्यक्ष श्यामकृष्ण खतिवडा र सचिव कृष्णकुमार शर्माले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस