सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई दिनभित्र एक साता धान्ने खाद्यान्न किन्न आग्रह

। फोटो स्रोत ।
२०७८ जेठ ११, ०८:१४ खबर संवाददाता

काठमाडौं: दुई दिन भित्र एक साताका लागि धान्ने खाद्यान्न सामग्री किनेर राख्न काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)बीच मंगलबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरे संगै उपत्यकाभित्र रहेकाहरुलाई एक साताका लागि धान्ने खाद्यान्न सामग्री किन्न आग्रह पनि गरेको हो।

बैठकले अबको दुई दिनपछि किराना पसल तथा डिपार्टमेन्टल स्टोर खोल्न नपाइने निर्णय गरिएको छ। तर, सागसब्जी, माछामासु, दूधलगायत पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने जनाइएको छ। भने बेलुकी भने तरकारी पसल पनि खोल्न नपाइने निर्णय मा उल्लेख छ।

प्रशासनले अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएपछि उक्त दुई दिनका लागि समय दिएको छ। 

खाद्यान्नअन्तर्गत दाल, चामल, चिनी किन्न लाई दुई दिनको समय छुट्याइएको छ।

दैनिक किराना पसल तथा डिपार्टमेन्टमा मानिसहरूको भीडले कोरोना संक्रमण बढ्न सक्ने भएकाले सो निणर्य गरिएको जनाइएको छ। 

यसैगरी बैंकमा भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंक एउटा र वाणिज्य बैंकको हकमा दुई वटा खोल्न अनुमति दिएको छ।


 

कमेन्ट लोड गर्नुस