सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा थप ४ जना संक्रमितको मृत्यु, १३३ जनामा कोरोना पुष्टि

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ ११, ०५:२७ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा थप ४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका ४ का ६० वर्षीय पुरुष, कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ का २८ वर्षीय पुरुष, कैलालीको गोदावरी नगरपालिका १० का ५१ वर्षीय पुरुष र गोदावरी नगरपालिका ९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६५४ जनाको नमुना परिक्षण गर्दा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। भने ५ सय २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

हाल अस्पतालमा ६५ जना संक्रमित बिरामी उपचाररत रहेका छन्। जसमध्ये ११ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा र ५० जना अक्सिजन सहायतामा उपचाररत रहेको अस्पतालले जनाएको छ।

पछिल्लो २४ घण्टामा १६ जना निको भएर घर फर्केका छन भने ४ जना नयाँ सक्रमित भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए।
 

कमेन्ट लोड गर्नुस