सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा झण्डै २ लाख बराबरको अवैध सामान बरामद

२०७८ जेठ ११, ०७:२२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा सशस्त्र प्रहरी बलले झण्डै २ लाख बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट दोधारा चाँदनी र बयलबन्दाबाट खटिएको पैदल गस्ती टोलीले अवैध रूपमा भारतबाट भित्र्याउँदै गरेको चिनी, मल, सुर्ती, बिडी, आलु, साइकल र किराना सामान गरी १ लाख ९७ हजार ४५९ बराबरको सामान बरामद गरेको हो। 

बरामद गरिएका सामानहरूलाई आवश्यक कारवाहीको लागि कञ्‍चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस