सुदूर नेपाललाई विश्वसँग जोड्दै

शव व्यवस्थापनमा समस्या

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १०, ०८:४६ रासस

ओखलढुंगा: ओखलढुंगामा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कारमा अन्योल उत्पन्न भएको छ। 

जिल्लामा यसअघि कोरोनाबाट मृत्यु नभएको र शव व्यवस्थापनबारे कुनै पूर्वतयारी नभएकाले सङ्क्रमितको शव व्यवस्थापनामा समस्या भएको हो। 

कोरोनाबाट मृत्यु भएकाको कसरी दाहसंस्कार गर्ने भन्ने स्पष्ट नहुँदा सोमबार बिहानै कोरोनाबाट ज्यान गुमाएकी सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया महिलाको शव अपरान्हसम्म व्यवस्थापन हुन सकेको छैन।

जिल्लामा शव सदगद गर्ने निश्चित स्थान र मापदण्ड नतोकिँदा समस्या भएको हो।

मृतकका आफन्तले आफ्नो परम्परा अनुसार दाहसंस्कार गर्ने भन्दै त्यसमा सरकारी निकायको सहयोग मागेका छन्। 

सरकारी मापदण्डमा पनि परिवारका आफन्तले चाहेमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बढीमा १५ जनासम्मको उपस्थितिमा गर्न मिल्ने अन्यथा नेपाली सेनाले व्यवस्थापन गर्ने उल्लेख छ।

परिवारले नचाहेमा वा सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आफन्त कोही नभएमा नेपाली सेनाको टोलीले कुनै एक स्थानमा शवको व्यवस्थापन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस