सुदूर नेपाललाई विश्वसँग जोड्दै

माटाको ढिस्काले पुरेर दुईको मृत्यु

२०७८ जेठ १०, ०८:३९ रासस

गोरखा: सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ। 

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङका घरको परिसर निर्माण गर्ने क्रममा ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको सो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  प्रकाश दाहालले जानकारी दिए।

घटनालगत्तै स्थानीयवासी र प्रहरीसहितको टोलीले उद्धार गरी जौबारी स्वास्थ्यचौकीमा पु¥याए पनि चिकित्सकले साँझ करीब ७ बजे दुवैलाई मृत घोषणा गरे। 

भीरसिंहका दुवैको शव परीक्षणका लागि अहिले स्वास्थ्यचौकीमा राखिएको छ । 
 

कमेन्ट लोड गर्नुस