सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

२०७८ जेठ १०, ०८:१४ खबर संवाददाता

धनगढी: नेकपा एमालेले सुदूरपश्‍चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादी केन्द्रकोतर्फबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्‍वासको मत लिनुपर्नेछ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्‍चिम प्रदेश सभामा एमालेका मात्रै २५ सांसद छन्।

माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसद छन्।

कमेन्ट लोड गर्नुस