सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने खनाल, नेपाल, रावलसहित ११ जना निष्कासित

। फोटो स्रोत ।
२०७८ जेठ १०, ०८:०५ खबर संवाददाता

काठमान्डौँ: कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यमाथि नेकपा एमालेको स्थायी कमिटी बैठकले कारवाही गर्ने निर्णय गरेको छ।

शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा थप कारबाही गरेको जनाइएको छ।

खनाल, नेपाल, रावलसहित ११ जना पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिएका छन्।

बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो।

बैठकले अन्य १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

कमेन्ट लोड गर्नुस