सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप १६ जना संक्रमितको मृत्यु, थप ६१० जनामा कोरोना पुस्टि, १५० जना निको भएर घर फर्किए

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ १०, ०६:५२ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशमा सोमबार १६ जनाको मृत्यु भएको छ।

कैलालीका ६ जना, कञ्चनपुरका ६,  बझाङका २ जना, डडेल्धुरा र अछामका १।१ जनाको मृत्यु भएको सुदूपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १ हजार ३८५ जनाको नमूना पीसीआर तथा ६२४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। 

दुवै विधिबाट कूल २ हजार ९ नमूना परीक्षण गर्दा ६१० जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

पीसीआर विधिबाट परीक्षण गर्दा ४९१ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ११९ जनामा संक्रमण पुस्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७५२ नमूना परीक्षण गर्दा २७३ जना,  डडेल्धुरा अस्पतालमा ८३ नमूना परीक्षण गर्दा २५ जना, बझाङ्ग अस्पतालमा १४२ नमूना परीक्षण गर्दा ३४ जना र अछामको कमलबजार अस्पतालमा १२० जनाको नमूना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख १२ हजार ८ सय ७० नमूना परीक्षण गर्दा ३५ हजार ११९ जनामा संक्रमण फेला परेको छ। 

कमेन्ट लोड गर्नुस