सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १८५ जना संक्रमितको मृत्यु, ७ हजार ४२५ जनामा संक्रमण पुष्टि

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ १०, ०५:०४ खबर संवाददाता

काठमाडौंः  पछिल्लो २४ घण्टामा थप १८५ जना संक्रमितको मृत्यु भएको छ भने ७ हजार ४२५ संक्रमित थपिएका छन्।

देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ। 

उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन्। ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन्। यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ। हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस