सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्ती बोकेको बस दुर्घटना

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ १०, ०२:५८ खबर संवाददाता

वीरगञ्जः बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जना गम्भीर र ७ जना मध्यम घाइते छन्। उनीहरु लाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ।

८ जना सामान्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । सोमबार बिहान ०९ः५० बजे जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित कलैया पिलुवा सडक खण्डको डकाहा भन्ने स्थानमा बस दुर्घटनामा परेको थियो।

रौतहटबाट बिहेको जन्ति लिएर जितपुरसिमरा उपमहानगरपालिका–२० बसडिल्वातर्फ जान लागेको ना.४ ख.४७४९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बस आफैं अनियन्त्रित भइ सडकको बायाँ साइडको खेतमा पल्टिएको थियो। बसमा ४० जना सवार थिए।

बस चालक रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने ३० वर्षीय अकलेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस