सुदूर नेपाललाई विश्वसँग जोड्दै

जंगली च्याउ खाँदा एक जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ १०, १२:३२ रासस

संखुवासभाः जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।

संखुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नम्बर ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए।

च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए।

गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भएका थिए।
 

कमेन्ट लोड गर्नुस