सुदूर नेपाललाई विश्वसँग जोड्दै

युद्धविरामको मर्मलाई उल्लङ्घन नगर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह

। फोटो स्रोत ।
२०७८ जेठ ९, ०८:३५ रासस

संयुक्त राष्ट्रसंघ: संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ।

मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायली र प्यालेस्टिनी पक्षहरू सहमत भएकाले शो युद्धविरामको अक्षरश पालना गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले ध्यानाकर्षण गराएको हो।

सुरक्षा परिषद्ले वार्ताबाटै समस्या समाधानका लागि पहल गर्ने र युद्धग्रस्त क्षेत्रमा तत्काल मानवीय सहायता उपलब्ध गराउन पनि सम्वद्ध राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ।

११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित २४८ जनाको मृत्यु भएको थियो।

घटनामा करिब २ हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए। इजरायली र प्यालेस्टिनीहरुबीच चर्चको स्वामित्व विवादका कारण युद्ध भएको बताइएको छ। 

यसैबीच युद्धविराम भएपनि गाजा क्षेत्रमा दुई पक्षीय झडपहरु भएकोप्रति ध्यानाकर्षण भएको राष्ट्रसंघले जनाएको छ।

कमेन्ट लोड गर्नुस