सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज पनि मान्यजनबाट टिका जमरा थाप्ने क्रम जारी

२०७५ कार्तिक ३, १२:२९ खबर संवाददाता

आज एकादशी तिथि । आज पनि दुर्गा भवानीको प्रसाद ग्रहण गरी मान्यजनवाट टीका थाप्ने क्रम जारी छ । हिजो टीका लगाउन छुटेकाहरुले दसैको पूर्णिमासम्म नै आफन्त र मान्यजनको हातबाट टिका लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा दसैँमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । 

पहेँलो जमरालाई समृद्धिको प्रतिक मानिन्छ । आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । तर सार्वजनिक यातायातका साधनहरु पातलिएपछि आज पनि टीका लगाउनेहरु समस्यामा परेका छन  स्थानीय रुटमा आज पनि पर्याप्त सवारी चलेका छैनन् । 
 

कमेन्ट लोड गर्नुस