सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडा-वडामा कोरोना संक्रमित खोज्दै बैतडीको सुर्नया गाउँपालिका

२०७८ जेठ ९, ०५:५४ खबर संवाददाता

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले घरघरमै गएर कोरोना परीक्षण गर्न थालेको छ। शंकास्पद बिरामीहरुको घरमै गएर एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न थालिएको हो। 

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण गर्नका लागि शंकास्पद बिरामी भएका ठाउँमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्ने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। 

स्थानीय वडामै भएका स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर घरघरमै कोरोना परीक्षण गर्ने गरिएको गाउँपालिकाले जनाएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्नुका साथै परीक्षणको दायरा बढार्ईएको जनाइएको छ। 

सुर्नया गाउँपालिकासंग दुई सय एन्टीजेन कीट रहेको र ती कीट मार्फत कोरोना परीक्षण भइरहेको बताइएको छ। अहिले सम्म गाउँपालिकाको वडा नम्बर ४, ५ र ८ मा बढी शंकास्पद बिरामी भेटिएकाले ती वडाहरुमा परीक्षण बढाइएको गाउँपालिकाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस