सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मलखाद लुकाएर राख्ने किराना पसल सिल

२०७८ जेठ ९, ०५:४४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा मलखाद लुकाएर राख्ने बालाजी किराना पसल सिल गरिएको छ। महेन्द्रनगर बजारस्थित एक किराना पसलमा मलखाद लुकाएर राखेको अवस्थामा फेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय लगायतको टोलीले बजार अनुगमनका क्रममा ३ नम्बर गल्लिमा रहेको बालाजी किराना पसलमा मलखाद लुकाएर राखेको अवस्थामा फेला पारेको जनाइएको छ।

निषेधाज्ञामा किराना पसलले नियम विपरीत कार्य गरेको भन्दै उक्त किराना पसल सिल गरिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए। 
 

कमेन्ट लोड गर्नुस