सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा थप ५ जना संक्रमितको मृत्यु

२०७८ जेठ ९, ०५:३८ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा थप ५ जनाको मृत्यु भएको छ। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षीय पुरुष, वडा नम्बर  २ का ६५ वर्षीय पुरुष, गोदावरी नगरपालिका ५ का ४७ वर्षीय पुरुष,  वडा नम्बर १ का ५५ वर्षीय पुरुष, कैलारी गाउँपालिका वडा नम्बर ९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ५६५ नमुना परिक्षण गर्दा थप १२९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। भने ४३६ जनाको रिपोर्ट नेगेटिभ अएको छ।

हाल अस्पतालमा ८२ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये १२ जना आईसीयूमा र ७० जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ।

पछिल्लो २४ घण्टामा ३० जना निको भएर घर फर्केका छन भने १४ जना नयाँ सक्रमित भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कमेन्ट लोड गर्नुस