सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गेटामा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा, बिरामी भर्ना सुरु

२०७८ जेठ ९, ०५:१३ खबर संवाददाता

धनगढीः कैलालीको गेटा मेडिकल कलेजको भवनमा कोभिड १९ केयर सेन्टर सञ्चालनमा आएको छ।

कोरोनाका बिरामीको उपचारको लागि निर्माधिन गेटा मेडिकल कलेजको भवनमा सो कोभिड केयर सेन्टर आइबारदेखि सञ्चालनमा आएको हो। यसअघि आइसोलेसनको नामले सो कोभिड केयर सेन्टर निर्माणको कार्य सुरु गरिएको थियो। गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टका अनुसार सुरुवाती अवस्थामा ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको जानकारी दिए।

आवश्यक जनशक्ति, अक्सिजन, उपकरणलगायतको तयारी भएको जानकारी दिदै प्रवक्ता भट्टले बिरामी आएको अवस्थामा आइबारदेखि नै सेवा सुरु गरिने बताए।  यस्तै प्रवक्ता शर्माले आईसीयूमा राखिने प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रेफर गरिने बताए।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मातहत रहने गरि सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा सो आइसोलेसन सञ्चालनमा आएको हो।

१ महिनादेखि निर्माणको प्रक्रियामा रहेको आइसोलेसन यसअघि अक्सिजन ग्यास र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्नमा ढिलाइ भइरहेको बताइएको छ। सुरुवाती अवस्थामा २ हजार क्षमता रहेको भवनमा ५ सय शय्याबाट आइसोलेसन सञ्चालन गरिने बताइएको थियो। 

कमेन्ट लोड गर्नुस