सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्को मूल्यमा अक्सिजन बिक्री गर्ने धनगढीको मालिका अक्सिजन उद्योगलाई स्पष्टिकरण

२०७८ जेठ ९, ०९:१५ खबर संवाददाता

धनगढीः चर्को मूल्यमा अक्सिजन बिक्री वितरण गरिरहेको गुनासोपछि धनगढीमा रहेको मालिका अक्सिजन उद्योगलाई जिल्ला प्रशासन कार्यालय कैलालीले स्पष्टिकरण सोधेको छ।

दिनेशखबरको नागरिक सवालमा आइतबार कुराकानी गर्दै कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले उद्योग सञ्चालकलाई प्रशासन कार्यालयमा बोलाएर स्पष्टिकरण सोधेको बताए।

जिल्ला प्रशासन कार्यालयले सञ्चार माध्यममा आएको सामाचारपछि आफ्नो ध्यानाकर्षण भएको र यदि बढी मूल्य लिएको पुस्टि भएमा आवश्यक कारवाही हुने बताएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले मौखिक जवाफमा उद्योग सञ्चालकले बढी मूल्य नलिएको दाबी गरेको तर लिखित स्पष्टिकरण भने आइबार बुझाउनू भनेर निर्देशन दिएको जानकारी दिए।

मालिका अक्सिजनले सेती प्रादेशिक अस्पतालमा सम्झौता अनुसार अक्सिजन नदिएको विषयमा पनि जिल्ला प्रशासन कार्यलय कैलालीको ध्यानाकर्षण भएको चौधरीले बताएका छन्। अस्पतालसँग बुझेर यो विषयमा पनि आवश्यक निर्णय गरिने उनले बताएका छन्।

यसअघि मालिका अक्सिजन ग्यास उद्योगले चर्को मुल्यमा सर्वसाधारणलाई अक्सिजन बिक्री गरिरहेको भन्ने समाचार दिनेशखबरमा प्रकाशित भएको थियो। उद्योगले सानो सिलिन्डरमा ग्यास भरेबाफल ६ सय ५० रुपैयाँ र ठूलो सिलिन्डर सिलिण्डरमा ग्यास भरेबाफतको १ हजार ५ सय मुल्य लिइरहेको बताएको थियो। 

सम्बन्धित समाचार
प्रशासनद्वारा नियन्त्रित धनगढीको मालिका अक्सिजन उद्योगको मनपरी, ४ सय पर्ने सिलिण्डर १५ सयमा धमाधम बिक्री

कमेन्ट लोड गर्नुस