सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन व्यवसायीलाई खोप उपलब्ध गराउन माग

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ ८, ०८:२४ रासस

पोखरा: कोरोना महामारीको दोस्रो भेरियन्टका कारण जनजीवन निकै प्रभावित बनिरहेको जनाउँदै सरकारबाट यथाशीघ्र खोप व्यवस्थापन गरेर नागरिकको जिउ ज्यान बचाउन पोखरा पर्यटन परिषद्ले सरकारलाई ध्यानाकर्षण गराएको छ। 

परिषद्ले विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न परिषद्को माग छ।

परिषद्ले महामारीले पर्यटन क्षेत्रलाई प्रत्यक्ष र दीर्घकालीन असर प्रभाव पारेको जनाउँदै पर्यटन क्षेत्रलाई सुरक्षित राख्न यथासक्य छिटो यस क्षेत्रका पर्यटन व्यवसायी कर्मचारी र मजदुरलाई खोप लगाउने व्यवस्था मिलाउन पनि सरकार समक्ष आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस