सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाले पठाएको पहिलो चरणको स्वास्थ्य सामग्री नेपाल पुग्यो

। फोटो स्रोत ।
२०७८ जेठ ८, ०६:५५ खबर संवाददाता

काठमाडौं: अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल पुगेको छ। पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुगेको हो।

पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको र बाँकी दुई चार्टर्ड विमान दुई दिनभित्र काठमाडौं पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

शनिबार ल्याइएका सामग्रीहरुमा सर्जिकल मास्क, फेसशिल्ड सयवटा भेन्टिलेटर र एक हजार अक्सिजन सिलिण्डर रहेको जनाएको छ।

सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिने जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस