सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वीट्जरल्याण्डले गर्यो ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

२०७८ जेठ ८, ११:५७ खबर संवाददाता

काठमाण्डौँः स्वीट्जरल्याण्डले नेपाललाई ८० लाख अमेरिकी डलर बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

कोभिड–१९ को संकटविरुद्ध लड्न स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन्। नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले स्वास्थ्य सामग्री सहयोग गरेको हो।

कूल तीस टन तौल बराबरको स्वास्थ्य सामग्रीमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन टेस्ट किट, १ लाख १० हजार के एन ९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन्।
 

कमेन्ट लोड गर्नुस