सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीका जिल्ला नेतालाई गोली प्रहार गर्ने दुई जना पक्राउ

। फोटो स्रोत ।
२०७८ जेठ ७, ०८:३१ खबर संवाददाता

कपिलवस्तु – नेकपा माओवादी केन्द्र कपिलवस्तुका सदस्य दीपक पाण्डेमाथि गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका २ सागर टोलका ३३ वर्षीय साकिर अलीपखिया रहेका छन्। पक्राउ परेका दुवै जनाले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन्। 

तीन जनाको समूहमा एउटा मोटरसाइकलमा आएका उनीहरूले माओवादीका जिल्ला नेता दीपक पाण्डेयमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका अर्का एक जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

गएको जेठ ५ गते बुधवार राति दुई वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। पाण्डेको अवस्था गम्भीर छ। यस्तै एउटा गोली लागेका अर्का भारतीय नागरिक इयाज अख्तर भने उपचारपछि घर फर्केका छन्। 

कमेन्ट लोड गर्नुस