सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षातले घर भत्कँदा एक महिलाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ ७, ०४:२८ रासस

दुल्लुः लगातार दुई दिनयता परेको वर्षातका कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान १०ः३० बजेतिर थापाको दुईतले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए। 
 

कमेन्ट लोड गर्नुस