सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना

२०७५ कार्तिक २, ०८:५० खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्लले नेपालीहरुको महान् चाड वडादशैँ, दीपावली र छठ पर्वले देश विदेशमा रहेका नेपालीलाई समृद्धिको दिशातर्फ अघि बढ्ने प्रेरणा मिलोस् भनी शुभकामना दिएका छन् । प्रदेश प्रमुख मल्लले दिएको शुभकामना सन्देशमा नवदुर्गा, लक्ष्मी र छठी देवीको आराधना गरी मनाइने यी पर्वबाट नारीहरुको शक्तीको स्वरुप करुणा र कल्याणलाई जान्न सकौँ भन्ने कामना  समेत गरिएको छ । 

मुख्यमन्त्री त्रिलोचन भट्टले वडादशैँको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना सहित आपसी एकता, सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले दशैँ जस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा भ्रातृत्व काय गर्न सहयोग पुगेको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा उमङ्ग उत्साह र हौसला छाओस् भनी कामना समेत गरेका छन् । 
 

कमेन्ट लोड गर्नुस