सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबी

२०७८ जेठ ७, ०४:१३ खबर संवाददाता

काठमाडौंः  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन्। उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन्।

शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो। माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटेको छ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ –एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन्।
 

कमेन्ट लोड गर्नुस