सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा थप २ जना संक्रमितको मृत्यु, २२९ जना नयाँ संक्रमित थपिए

२०७८ जेठ ७, ०३:३३ खबर संवाददाता

धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ की ५२ वर्षीया महिला र  कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय पुरूष मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रोष्ठले बताए। 

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ५९८ जनाको नमुना परिक्षण गर्दा थप २२९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। भने ३६९ जनाको रिपोर्ट नेगेटिभ अएको छ।

आज संक्रमण पुस्टि भएका मध्ये धनगढीका मात्र ८८ जना रहेका छन्। त्यस्तै धनगढी बाहेका कैलालीका १ सय जना र अन्य जिल्लाका ४१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो।

हाल अस्पतालमा १०८ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये १६ जना आईसीयूमा र ९० जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४ जना निको भएर घर फर्केका छन भने ११ जना नयाँ सक्रमित भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कमेन्ट लोड गर्नुस