सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ४ बोरा रासायनिक मलसहित अवैध सामान बरामद

२०७८ जेठ ६, ०५:२९ खबर संवाददाता

धनगढीः कञ्चनपुर प्रहरीले ४ बोरा रासायनिक मलसहित अवैध सामान बरामद गरेको छ।

जिल्लाको बेलौरी नगरपालिका ६ बिद्यानगर र दोधारा चादनी ननगरपालिका ३ पुर्णागिरीघाट भइ भारतबाट ल्याउँदै गरेको अवस्थामा विहीबार सो सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीका अनुसार भन्सार छलेर ल्याउन लागेको मलखाद, छाता, बिडी, मिठाई, सुर्ती र बिभिन्न किसिमका औषधी गरि करिब १ लाख ७२ हजार २२० रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

आवश्यक कारवाहीको लागि सो सामान भन्सार कार्यालय पठाइएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस