सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरीमा डुबेर एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ ६, ०२:१७ रासस

माडीमा एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ। इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो।

पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ। 

उनको शव पानीभित्र डुबेको अवस्थामा भेटिएको हो । पाण्डेको मृत्यु के कारणबाट भएको हो भन्ने स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर ल्याइएको छ।
 

कमेन्ट लोड गर्नुस