सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

२०७८ जेठ ५, १२:३१ खबर संवाददाता

काठमाण्डौः पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ। 

उनको ९३ वर्षको उमेरमा मङ्गलबार साँझ निधन भएको परिवारिक स्रोतले बताएको छ। 

बरालको घरमै निधन भएको र बुधबार दिउँसो आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ। 

उनी २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए।

उनी पूर्व सांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत भएका थिए ।
 

कमेन्ट लोड गर्नुस