सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडादशैँको नवौँ दिन आज महानवमी पर्व

२०७५ कार्तिक १, ०६:०६ खबर संवाददाता

बडादशैँको नवौँ दिन आज देशभर शक्तीस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाईने गरिन्छ । महानवमीका अवसरमा आज दशैँघर लगायत विभिन्न देवीका मन्दिर र शक्तीपिठमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बली सहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । शाकाहारीहरूले कुभिन्डो, घिरौँला र मूला लगायतको बली दिने र नरिवल चढाउने गर्छन् ।

पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिईन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ ।  महानवमीका अवसरमा नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजा सहित बलि दिएर जङ्गी निशान पूजा तथा कोतपूजा गर्ने प्रचलन छ । 
 

कमेन्ट लोड गर्नुस