सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस दुर्घटना हुँदा ४ जनाको मृत्युु, ४९ जना घाइते

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ ५, ०९:४५ रासस

बस दुर्घटना हुँदा ४ जनाको मृत्युु भएको छ भने  ४९ जना घाइते भएका छन्। 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो। 

बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले बताए।  

ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ।

बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले बताए।  बसमा सवार पाँच जना सकुशल रहेका छन्।
 

कमेन्ट लोड गर्नुस