सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा महिला सैनिक पनि संक्रमितको शव व्यवस्थापनमा जुटे

२०७८ जेठ ५, ०९:३८ खबर संवाददाता

धनगढीः कैलालीमा बुधबारदेखि नेपाली सेनाको महिला सैनिक पनि कोरोना संक्रमित मृतकको शव व्यवस्थापनमा खटिएको छ।  

शव व्यवस्थापनका लागि भवानी दल गण कैलालीकी उपसेनानी शशि खड्काको कमाण्डमा ५ जना महिला सैनिक खटाइएको भवानीदल गण कैलालीले जनाएको छ।

महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिम प्राप्त महिला सैनिक खटाइएको भवानी दल गणका गणपति तथा प्रमुख सेनानी विकास केसीले दिनेश खबरलाई बताए। 
 

कमेन्ट लोड गर्नुस