सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

२०७८ जेठ ४, ११:०० रासस

काठमाण्डौँः  स्विट्जरल्याण्डले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ।  

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग मङ्गबार भएको टेलिफोन संवादमा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागिएको जानकारी दिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

राजदूत क्यापिलरका अनुसार स्विस सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पिपिई, मास्क र एन्टिजेन परीक्षण किट सहयोग गर्न लागेको हो। 

उपप्रधानमन्त्रीसंगको टेलिफोन संवादमा स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौँ आइपुग्ने स्विस राजदूतले जानकारी दिए। 

चार्टर्ड फ्लाइटको खर्च स्विस सरकारले नै बेहोर्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस