सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा 'म बाँच्छु अनि बचाउँछु' अभियान सुरू

२०७८ जेठ ४, ०९:३२ खबर संवाददाता

धनगढीः धनगढीमा 'म बाँच्छु अनि बचाउँछु' अभियान सुरू गरिएको छ।

कोरोना महामारीको यस विषम परिस्थितिमा असहाय, अशक्त तथा सहाराविहिनहरूलाई सहयोग गर्ने उद्देश्यका साथ 'म बाँच्छु अनि बचाउँछु' अभियानको सुरूवात गरिएको हो।

अभियानको पहिलो दिन मङ्गलबार धनगढीस्थित आमाको माया छात्रबासलाई खाद्यान्न सहयोग गरिएको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञामा थोरै भएपनि सहयोग गरिएको 'म बाँच्छु अनि बचाउँछु' अभियानका अभियान्ता सुरज खड्काले बताएका छन्।

अभियानअन्तर्गत जटिल खालका बिरामीहरूका लागि एम्बुलेन्स, रगत र राहतको व्यवस्था गरिने अभियान्ता खड्काले बताए। 

धनगढीमा रहेका गम्भिर अवस्थाका बिरामीका लागि अस्पतालसँग समन्वय गरी बेडको समेत व्यवस्था गर्ने उनले बताए।

कमेन्ट लोड गर्नुस