सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको पुस्टी

२०७८ जेठ ४, ०८:०४ खबर संवाददाता

नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फैलिएको पुस्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अपिल सार्वजनिक गर्दै नयाँ भेरियन्ट फैलिएको पुस्टि भएको बताएको छ। गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुस्टि भएको हो।

यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो।
 

कमेन्ट लोड गर्नुस