सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा आइसोलेसन सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले २० स्वास्थ्यकर्मीकाे पारिश्रमिक दिने

२०७८ जेठ ४, ०५:२० खबर संवाददाता

धनगढीः कैलालीको गेटामा आइसोलेसन तथा होल्डिङ सेन्टर सञ्चालनका लागि सुदूरपश्चिमको  सामाजिनक विकास मन्त्रालयलले २० जना स्वास्थ्यकर्मी तथा कर्मचारीको पारिश्रमिक दिने भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रलाई विशेषज्ञ चिकित्सक २ जना,  मेडिकल अधिकृत (एमबीबीएस) २ जना, स्टाफ नर्स ५ जना, हेल्थ असिस्टेन्ट, अहेव र अनमि  २/२ जना, ल्याव टेक्निशियन र ल्याव असिस्टेन्ट १/१ जना तथा सरसफाई कर्मचारी ३ जना स्वास्यकर्मीको पारिश्रमिक दिने सूचनामा उल्लेख गरेको छ। 

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेश सरकारले तहगत पारिश्रमीक दिने उल्लेख गरेको हो। 

संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई निर्देशन दिएपछि गेटामा २ हजार बेड क्षमताको आइसोलेसन बनाउने चर्चा सुरु भएको थियो। डीसीसीएमसीको मातहतमा रहने गरी सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाले आइसोलेसन निर्माण कार्य अगाडि बढाएका थिए। तर आइसोलेसन भने अझै सञ्चालनमा आएको छैन्।

एक हप्ताभित्रै आइसोलेसन सञ्चालनमा ल्याउने दाबी गर्दै व्यापक प्रचार गरेको धनगढी उप–हमहानगरपालिका र गोदावरी नगरपालिकाले निर्माण थालेको एक महिना पुगिसक्दा पनि अझै सञ्चालनमा ल्याउन सकेका छैनन्। यतिबेला हलभित्र राखिएका ४० बेड समेत प्रयोगविहीन छन्।

कमेन्ट लोड गर्नुस