सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफन्तबाट दाहसंस्कार हुन थालेपछि समुदाय त्रसित

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ ४, ०३:३६ रासस

रोल्पा : सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना सङ्क्रमितको दाहसंस्कार आफन्तबाट हुँदा समुदायमा सक्रङ्क्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन्। 

कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा  अस्पताल भर्ना भएका रोल्पा नगरपालिका­२ सदरमुकाम लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भयो।

शव अस्पताल पु¥याएका आफन्तहरु लामो समय कुर्दा समेत सरकारी तबरवाट शव व्यवस्थापन गर्नेबारे चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापनका गर्न बाध्य भएको बताएका छन्। यस्तै कोरोना भाइसरका कारण केही दिनअघि मृत्यु भएका सुनिलस्मृति गाउँपालिका­४ का एक पुरुषको आफन्तले नै अन्त्यष्टी गरेका थिए। 

कोरोनाका  कारण  मृत्यु हुनेको सङ्ख्या रोल्पामा बढिरहेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ। 

यसरी मृत्यु भएकाहरु मध्ये अधिकांशको अन्त्यष्टी परिवारले गरेका छन्। नातेदार वा छिमेकीको मृत्युपछि दाहसंस्कारका लागि मलामी जानुपर्ने सामाजिक दायित्वका  कारण दाहसंस्कारमा  समेत जमघट  हुने क्रम बढ्दै जान थालेसँगै कोरोनाले महामारी लिने कुराले जनमानसमा भय सिर्जना गरेको छ। 

“कोरोना सङ्क्रमितको परिवारबाट गरिने अन्त्यष्टीले कारोना सङ्क्रमण भयावह हुने  देखिन्छ,” छिमेकीको मृत्युसँगै अन्त्यष्टीमा उपस्थित भएर  फर्किएका  रोल्पा नगरपालिका­४ का  विनोद आचार्यले भने। मृतकको शव परिवारका सदस्यहरुले समेत छुने गर्दा परिवारका सदस्यमा पनि सङ्क्रमणको उच्च जोखिम रहेको उहाँको भनाइ छ। 

आफन्तको  मृत्युभएपछि एक घण्टा पर्खंदा समेत सेनाको टोली नआएपछि  आफूहरुले  नै शवको अन्त्यष्टी  गरेको रोल्पा  नगरपालिका­४  का धनराज डाँगीले बताए। 

कोरोनाबाट अस्पतालमा मृत्यु भएकाहरुलाई  प्लाष्टिकले राम्रोसँग मोडेर सङ्क्रमण  बाहिर  नजाने  गरी शवको  अन्त्यष्टी  गरिनुपर्ने रोल्पा हुन्छ। आफन्त र अस्पतालको समन्वय बिना शवको अन्त्यष्टी गर्ने भन्ने कुरा नै  हँुदैन प्रमुख जिल्ला  अधिकारी नवराज सापकोटाले बताए।

“कोभिडका कारण मृत्युभएको सुनिश्चित नभएसम्म सेना जाँदैन”, प्रजिअ सापकोटाले भने। कोरोनाको पहिलो  लहरको  बेला सबै  शव  सेनाले नै अन्त्यष्टी  गर्ने  नियम भएपनि दोस्रो लहरमा मृतकका आफन्तले अन्त्यष्टी गर्न चाहे उनीहरुलाई दिने नियम रहेको उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस