सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि केएन स्टोर एण्ड सप्लायर्सद्वारा ५५ सय सहयोग

२०७८ जेठ ४, ०१:०५ खबर संवाददाता

धनगढीः रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि केएन स्टोर एण्ड सप्लायर्सका कमल सुबेदी र उहाँकी पत्नी निशा सुबेदीले ५५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको थियो।

सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका थिए। 

रोटरी क्लब धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि चलाएको सहयोग अभियान हाल स्थगित गरिसकेको छ। 

सुदूरपश्चिमका अस्पतालहरूमा १ सय थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्ने उद्देश्यले थालिएको आर्थिक संकलन अभियानमा दुई दिनमै आवश्यक रकम संकलन भएको भन्दै क्लबले आर्थिक संकलन अभियान बन्द गरेको हो।
 

कमेन्ट लोड गर्नुस